सिँचाइ डिभिजन कार्यालय दिक्तेलका प्रमुख ९ लाख ३४ हजार घुससहित पक्राउ

जनपत्र
३० असार २०७७, मंगलवार १६:४९

खोटाङ – जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

खोटाङमा निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीको लागि घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय टङ्गाल काठमाण्डौबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठलाई मङ्गलबार नौ लाख ३४ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

कार्यालय प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा रहेको निवासबाट घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । ‘स्ट्रिङ अपरेशन’ को क्रममा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य जाँच गरी अख्तियारको टोलीले काठमाण्डौ लगेको छ ।

श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा ‘छिटो निकासाको लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ । श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राहीबाट अख्तियारमै उजुरी पुगेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*