नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४ पुग्यो

जनपत्र
२९ असार २०७७, सोमबार १८:५०

काठमाडौँ — नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार नाघेको हो ।

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३७१ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ५ हजार ८५६ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६१३ जना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*