निर्माण सकेलगत्तै भत्कियो हरित पार्कको पर्खाल

जनपत्र
२९ असार २०७७, सोमबार ०५:५९

बैतडीको शिवनाथ गाउँपालिका–१ मा निर्माण गरिएको भूमिराज हरितपार्कको पर्खाल निर्माण सम्पन्न भएकै दिन भत्किएको छ । पार्कमा ग्याभिनजाली भरेर लगाइएको पर्खाल भत्किएको हो । संघीय सरकारको वतावरण विभाग र शिवनाथ गाउँपालिकाको संयुक्त लगानीमा पार्क निर्माण सम्पन्न गरिएको थियो ।

तर, प्राविधिकले दिएको इष्टिमेट भन्दा उपभोक्ता समितिले आप्mनै तरिकाले निर्माण गरेकाले पार्कको ग्याभिनजाली पर्खाल भत्किएको शिवनाथ गाउँपालिकाका इन्जिनीयर कमल ओझाले बताए । ‘पर्खालको बेस कम हालेर उचाइ बढाइएको थियो दुई दिनसम्म निरन्तर आएको पानीले भत्काइदियो’, उनले भने । लकडाउनका कारण प्राविधिक घर गएको समयमा उपभोक्ता समितिले आप्mनै तरिकाले ग्याभिनजालीमा पर्खाल निर्माण गरेका थिए ।

निर्माण सम्पन्नलगत्तै अनुगमन समितिले भुक्तानीका लागि अनुमति दिइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब दयालले बताए । ‘प्राविधिकले पानी परेपछि भत्किन्छ यसको बेस मिलेको छैन भन्दा भन्दै पनि उपभोक्ता समितिले जबरजस्ती निर्माण गरेको हो’, उनले भने । भुक्तानीका लागि मूल्यांकन गरी फाइल काठमाडौं पठाएकै दिन हरितपार्कको पर्खाल भत्किएपछि भुक्तानीको फाइल रोकेको गाउँपालिकाले बताएको छ ।

पार्क निर्माणका लागि वातावरण विभागले रू। २० लाख र गाउँपालिकाले रू. ४ लाख बजेट विनियोजन गरेको थियो । तर, प्राविधिकको अन्तिम मूल्यांकनले रू. १७ लाखको मात्र काम भएको देखाएको छ । सोही अनुसार भुक्तानीका लागि फाइल पठाएको गाउँपालिकाको प्राविधिक शाखाले बताएको छ । पार्क निर्माणमा उपभोक्ता समितिले सिँढी निर्माण, कम्पाउन्ड पर्खाल, ग्याभिनजालीसहितको पर्खाल, डाँडालाई काटेर फिल्ड निर्माण र बोटबिरुवा रोप्ने काम गर्नु पर्ने थियो । उक्त सबै काम समितिले गरिसकेको बताएको छ । अभियानडेली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*