हेटौंडाका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि

जनपत्र
२८ असार २०७७, आईतवार १९:०४

हेटौंडा । हेटौंडाका २६ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौडा उपमहानगरपालिकाले संचालन गरेको कोभिड १९ रोकथाम गर्न बनेको हेटौडा–४ कर्रामा रहेको आईसोलेसनबाट कोरोना जाँच गरिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौडा उपमहानगरपालिका वार्ड नंम्बर–१४ का युवकमा कोरोना संक्रमण भएको आज बेलुका मात्र पत्ता लागेको हो ।

हिजो लिएको नमुनामा समस्या आएपछी आज पुन स्वाब लिई जाँच गर्न पठाईएको थियो । उनि उनका साथी समेत होम क्वारेन्टाईनमा बसेको थिए । हेटौडामा होल्डिंग सेन्टरबाट होम क्वारेन्टाइनमा ल्याई राखिएको थियो । उनीहरु साउदी अरबबाट हवाई मार्गबाट नेपाल प्रवेश गरेका थिए।

बिदेशमा रही काम गर्ने सयौ जना बैदेशिक रोजगारीको लागि गएका नेपाली कामदारका साथ नेपाल एअरलाइन्सबाट आएका हालसम्म उनमा मात्र संक्रमण पुस्टि भएको थाहा भएको हो । उनको संक्रमण पुस्टि भएता पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमण पुस्टि भए संगै उनलाई अहिले नै यस आईसोलेसन वार्डमा ल्याइएको छ । युवकसंगै आईसोलेसन वार्डमा सेवा लिने १७ जना संक्रमितको संख्या पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*