हेटौंडाको नेवारपानीबाट पाँच केजी अफिम सहित मोटरसाइकल वरामद

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध अफिम सहित मोटरसाइकल समेत वरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको उहाँले वताउनुभयो । अफिम ओसार्ने दुइजना भने फरार रहेका छन् ।
प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौँरले बताएका छन ।उक्त अफिमको बजार मुल्य ५ लाख भएको र भागेकाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताएका छन ।