सवारी नचलाउन महासंघको सर्कुलर, साझाका बस साउन १ देखि चल्ने

सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि यातायात व्यवसायीको छाता संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आबद्ध सदस्य कम्पनीलाई सार्वजनिक यातायात सञ्चालन नगर्न सर्कुलर जारी गरेको छ । मन्त्रिपरिषद्को निर्णयले शुक्रवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।
शुक्रवार आकस्मिक बैठक बसी महासंघले यातायात क्षेत्रका समस्या सम्बोधन नभएसम्म गाडी नचलाउने निर्णय गरेको हो । देशव्यापी लकडाउनसँगै १०९ दिनदेखि यातायात बन्द भएकोमा खर्बौंको लगानी रहेको यातायात क्षेत्र धराशयी भएकोमा सरकारले यातायात क्षेत्रको समस्या नबुझेको आरोप व्यवसायीको छ । देशभर करीब ३ लाख यात्रुवाहक सवारी रहेका छन् । खर्बौंको लगानी रहेको यातायात क्षेत्र लामो समय बन्द हुँदा उत्पन्न समस्यालाई सम्बोधन गरी सरकारले राहत उपलब्ध गराउनुपर्ने माग व्यवसायीको रहेको छ । अभियानडेलीबाट