बढ्यो सलहको नयाँ झुन्ड, नेपाल प्रवेश गर्ने सम्भावना
भारतमा सलहको नयाँ झुन्ड देखापरेपछि त्यहाँका विभिन्न स्थानबाट नयाँ झुन्ड नेपाल प्रवेश गर्न सक्ने सम्भावना बढेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको पछिल्लो अध्ययनअनुसार सलहका नयाँ झुन्डहरू नेपाल आउन सक्ने देखिएको हो । हाल भारत उत्तर प्रदेशको कानपुर र इटवाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका सलहका दुईओटा झुन्ड करीब १ सय ५० हेक्टर क्षेत्रफलमा पैmलिएर बसेको अध्ययनले देखाएको छ ।
ती झुन्ड हावाको बहावसँगै पूर्वतर्फ वराणसी हुँदै मुजफ्फरपुर र दरभंगा आसपासको क्षेत्र हुँदै नेपालको धनुषा, महोत्तरी, सर्लाहीका साथै सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का विभिन्न जिल्लाबाट समेत नेपाल प्रवेश गर्न सक्ने सम्भावना बढेको छ ।दक्षिण पश्चिमी वायुका कारण राजस्थानका विभिन्न स्थानमा निकै ठूलो संख्यामा रहेका झुन्ड पनि नेपालतर्पm बढ्न सक्ने बताइएको छ । सर्लाही र यस आसपासका क्षेत्रमा अबको १÷२ दिनमा र सुदूरपश्चिम प्रदेश तथा प्रदेश ५ का जिल्लाहरूमा भने अबको २ देखि ३ दिनभित्र सलह प्रवेश गर्ने सम्भावना बढेको अध्ययनले देखाएको छ । नयाँ झुन्ड नेपाल प्रवेश गरे बालीनालीमा तिनले क्षति पु¥याउन सक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्नसमेत आग्रह गरिएको छ ।
कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार हावाको बहाव जतातिर गयो उतैतिर जाने प्रकृतिको कीरा भएकाले यो नेपाल प्रवेश गर्ने सम्भावना प्रबल रहेको छ । हाल भारतमा चलिरहेको दक्षिण पश्चिमी वायुको प्रभाव कति ठूलो मात्रमा नेपालतर्पm चल्छ भन्ने कुरा आकलन गर्न नसकिने भएकाले सलह कति संख्यामा नेपाल प्रवेश गर्छ ठोकुवा गर्न नसकिने उनले बताए । यसअघि कृषि मन्त्रालयले सलह कीरा नेपाल प्रवेश गर्ने सम्भावना टरेको बताउँदै यसको रोकथाम तथा नियन्त्रणका लागि कुनै पनि पूर्वतयारी गरेन ।
त्यसको केही सातामै सलह नेपाल प्रवेश गरेपछि दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा करीब ११ सय १८ हेक्टर जमीनमा लगाइएको बालीनालीमा क्षति गरेको थियो । यद्यपि सरकारले सलहको रोकथाम र नियन्त्रणका लगि अझै ठोस कदम चालेको छैन । कृषि मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीका अनुसार अहिले भारतमा सलह भएका स्थानदेखि उत्तर पूर्वतर्पm हावाको चाप बढ्दै गएकाले सलह नेपाल भित्रिने जोखिम बढेको हो । मन्त्रालयका प्रवक्ता केसीले यसबारेमा सरकारले नयाँ कुनै कदम नचालेको भए पनि यसअघि जारी गरिएका प्राकृतिक उपाय नै नियन्त्रणका लागि राम्रो हुन सक्ने बताए । अभियानडेलीबाट