धर्ना, जुलुस र वादप्रतिवाद छोडेर पीडामा रहेका जनताको सेवामा जुटौं : शंकर पोखरेल

जनपत्र
२७ असार २०७७, शनिबार ०६:०४

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुट्न नेकपाका कार्यकर्ताहरुलाई अपिल गरेका छन् । पोखरेलले जनता कोभिड–१९ र वाढी पहिरोको पीडामा रहेको उल्लेख गर्दै उनीहरुको सेवाको अपिल गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले पार्टीको आन्तरिक विवाद छोडेर जनताको सेवामा लाग्न अनुरोध गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*