कांग्रेस र राजपाको नाराबाजीका बीच सुदूरपश्चिम प्रदेशकाे बजेट पारित
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट प्रतिपक्षी दलको नाराबाजीका बीच पारित भएको छ ।
यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच नै आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको थियो ।
प्रतिपक्षी दलले प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दै बजेट पेस भएदेखि नै सभामा अवरोध सिर्जना गर्दै आएका थिए ।
सभामुखले प्रतिपक्षी दलले सभामा अवरोध कायमै राख्ने देखेपछि पेलेरै बजेटमाथिको छलफल अगाडि बढाउनु भएकाे थियाे । बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालकाे लागि स्थगित भएको छ ।
सभामुख अर्जुनबहादुर थापाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएकाे जनाकारी दिनु भएकाे हाे ।