अनुभव नभएको शैलुङलाई ८० हजार मेट्रिकटन मल आयातको ठेक्का

जनपत्र
२४ असार २०७७, बुधबार ०६:०७

निरन्तरको वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुंगा–बेनी सडक अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको ठाउँठाउँमा पहिरो खसेका कारण अवरुद्ध भएको हो ।

सोमवार रातीदेखि अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडक खण्डको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीको नागढुंगा, दानाको ढुवारी खोला, गुइठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।

वार्षा नरोकिएसम्म अवरुद्ध सडक सञ्चालन गर्न नसकिने दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचन बताउँछन् । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्ड अन्तर्गत दानादेखि मुस्ताङको घाँसासम्मको सडकलाई अत्यन्त जोखिमपूर्ण मानिन्छ । वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नु पर्ने बाध्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*