हेटौंडाको आइसोलेसन तथा क्वारेन्टाइनको अनुगमन

जनपत्र
२३ असार २०७७, मंगलवार २०:४४

हेटौंडा । हेटौंडामा कोरोना संक्रमित राख्नका लागि तयार गरिएको आइसोलेसन तथा संक्रमणको संका लागेकाहरुलाई राख्नका लागि स्थापना गरिएको क्वारेन्टाइनको अनुगमन गरिएको छ । मानब अधिकार संस्थाले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ को क्वारेन्टाइन र वडा नम्बर ४ को आइसोलेसनमा अनुगमन गरिएको हो ।

अनुगमनमा मानवअधिकार संस्थाको नगर संयोजक चन्द्रावती पनेरु अधिकारि , बाग्मती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारी , नगर सचिब कुशल कप्रौला र नगर सदस्य हरु ज्ञानु सेढाई , ध्रुव हाडा , यदुबन्स खतिवडा , कल्पना लामा को सहभागिता रहेको थियो ।

हेटौंडा ९ नम्बर वडा को दिब्य ज्योति निम्न माध्यामिक बिद्यालय मा रहेको जनस्तर बाट निर्माण गरिएको क्वारेन्टाइनमा ९ नम्बर वडा को अध्यक्ष लक्ष्मण भन्डारी समेतको सहभागिता रहेको थियो । अनुगमनको क्रम मा ९ नम्बर वडामा बनिरहेको बाल उद्धान को पनि अनुगमन गरिएको थियो । त्यसैगरि वडा नम्बर ४ मा को श्रमिक माध्यामिक बिद्यालयमा स्थापना गरिएको आइसोलेसनमा पनि अनुगमन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*