सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद समेत गुम्ने

जनपत्र
२३ असार २०७७, मंगलवार १८:११

काठमाण्डाै – सङ्घीय समाजवादी पार्टी नेपालले नेत्री सरिता गिरीलाई पार्टीबाट निष्कासित गरेको छ ।

पार्टीको निर्देशन विपरीत नेत्री गिरीले संविधान संशोधन प्रस्तावमा संशोधन दर्ता गराएको र नेपालको राष्ट्रियताको विपक्षमा अभिव्यक्ति दिएकाले मङ्गलबार बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी हटाइएको समाजवादी पार्टीकी नेत्री रेणुकुमारी यादवले जानकारी दिनुभयो ।

पार्टीबाट निष्कासनमा परेसँगै नेत्री सरिता गिरीको सांसद पदसमेत खोसिएको छ । पार्टीले गिरीलाई साधारण सदस्यबाट समेत हटाएको जानकारी संसद् सचिवालयलाई गराएपछि सचिवालयले उहाँलाई हटाएको सूचना निकाल्ने पनि नेत्री यादवले जानकारी दिनुभयो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्दा गिरीले संसद् बैठकमै विरोध गर्नुभएको थियो भने नयाँ नक्सा जारी गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराउनुभएको थियो ।

संशोधन फिर्ता लिन पार्टीले निर्देशन दिए पनि उहाँले फिर्ता नलिएपछि कारबाहीको लागि समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यावदको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*