हेटौंडाका सहकारी संस्थाको निरन्तर अनुगमन
हेटौंडा । हेटौंडा क्षेत्रका सहकारी संस्थाको अनुगमनको काम निरन्तर गरिएको छ । सहकारीलाई नियमन गर्ने निकाय स्थानीय सरकारले सहकारी क्षेत्रको अनुगमन गरेको हो । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजपनि सहकारी संस्थाहरुको अनुगमन गरिएको छ ।
उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको नेतृत्वमा सहकारी संस्थाको अनुगमन गरिएको हो । हेटौंडा ६, ८ र ९ का सहकारी संस्थाको अनुगमन गरिएको हो ।
तीन वटा वडाका ६ वटा सहकारी संस्थाको अनुगमन गरिएको उपमहानगरपालिकाका सहकारी साखाका प्रमुख रामकृष्ण थापाले वताउनुभयो । हेटौंडाको नारायणी वहुउदेस्य सहकारी संस्था, किसान कल्याण बहुउदेस्य सहकारी, कामधेनु बहुउदेस्य सहकारी, नारायणी दुग्ध उत्पादक सहकारी, जनजागृति नगरदुग्ध उत्पादक सहकारी संस्थाको अनुगमन गरिएको हो ।
अनुगमनमा हेटौंडा ६ का वडाअध्यक्ष अर्जुन प्रसाद चौलागाई, ८ का वडाअध्यक्ष गोपाल श्रेष्ठ र ९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, सहकारी संघका प्रतिनिधिहरु ल्गायतकाको सहभागिता रहेको थियो ।