पाँच वर्ष केपीओलीलाई प्रधानमन्त्री कायम राख्नुपर्ने माग गर्दै हेटौंडामा युवाहरुको प्रदर्शन
हेटौंडा । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलाीलाई पाँच वर्ष सम्म सरकारको नेतृत्व गर्न दिनुपर्ने माग गर्दै आज हेटौंडामा प्रदर्शन गरिएको छ । बिशेषगरी केपी ओली निकटका युवाहरुले हेटौंडा वजारमा जुलुस निकालेका हुन् । केपी ओलीको फोटो सहित राखिएको व्यानर लिएर युवाहरुले वजार परिक्रमा गरेका थिए । हेटौंडामा युवाहरुले केपी ओलीको पक्षमा नारा समेत लगाएका थिए ।
युवा र बिद्यार्थीहरुले आज जुलुस निकालेका हुन् । नेकपा निकट युवा संघका मकवानपुर संयोजक सन्तोष चौलागाइको नेतृत्वमा प्रदर्शन गरिएको हो । उनीहरु बजार परिक्रममा गरी बुद्ध चोकमा भेला भएका युवाबर्गले केपी ओलीलाई काम गर्न दिनुपर्ने र पार्टी फुटाउन नहुने माग सहित खबरदारी पनि गरेका छन् ।
युवाहरूले आई एम विथ के पी ओलीु, मान्छेको शान बोलिले नेपालको शान ओलीलेु, अस्थिरता चाहिदैन सरकार ढाल्न पाइदैन, जस्ता नारा लगाउँदै र्याली निकालेका थिए।