नेकपा विवाद नजिकबाट नियालिरहेका छौँ : कांग्रेस
काठमाण्डौ – नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसङ्गमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नुभएको उहाँले बताउनुभयो ।
आज पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकालाई अन्तिम रुप दिने, नेकपाभित्रको विवाद र सभापति देउवासँग प्रधानमन्त्रीको भेटघाटलगायतका विषयमा छलफल भइरहेको छ ।