कविताः गुरु

रुबिआ पराजुली
२१ असार २०७७, आईतवार ०७:१९

गुरु तिमी ज्ञान दिइ हामीलाई चेतना भर्ने
कुबाटोमा नलाग भनी सचेतना छर्ने ।

पहिलो गुरु बाबुआमा अनि पछि शिक्षक
सबै गुरु हाम्रो लागि जीवनका हुन रक्षक ।

सानो छँदा सिकाउने लेख्नलाइ हाम्रो हात समाइ
बुझ्ने भएपछि सिक्छौं आँफै रमाइ रमाइ ।

गुरु तिमी छहारी हौ शितल दिने रुख
असल गुरुको शिक्षाले नै हामीलाई मिल्छ सुख ।

हिँडाउने हामीलाई गुरु नै हुन् असल बाटोमा
केही गरौं लिएर शिक्षा हामी स्वदेशी माटोमा ।

गुरु नै हुन् खराबलाई असल बनाउने
उनी नै हुन् सही बाटोमा लाग्न सिकाउने ।

रुबिआ पराजुली
बुढानिलकण्ठ स्कुल, काठमाण्डौमा कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*