मकवानपुरमा एक जना महिलामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१८ असार २०७७, बिहीबार १९:२५

हेटौंडा । मकवानपुर जिल्लामा थप एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

डा। गौतमका अनुसार, हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार ५ सय १९ जना पुगेको छ । जसमा १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेका छन् ।

संक्रमितमध्ये हालसम्म ५ हजार ३ सय २० जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् भने ३१ जनाको दुःखद् निधन भएको छ । पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज र ४९ दिनको शिशुको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*