राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन अन्त्य, सदनलाई जानकारी
काठमाण्डौ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै गएपछि सरकारले संसद्को अधिवेशन अन्त्य गरेको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज पाँच बजेदेखि संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको हो