उपत्यकामा ३० सहित ४७३ संक्रमति थपिए, जम्मा सख्या १४ हजार ५१९

जनपत्र
१८ असार २०७७, बिहीबार १६:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप  ४७३ लाई कोरोना भाइरस रोग(कोभिड–१९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले १०९ महिला र ३६४ पुरुषलाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमा पुरुषको संख्या १२ हजार ६३६ रहेको छ भने १ हजार ८८३  महिला रहेका छन् । आज काठमाडौंका २८ जनालाई कोरोना पुष्टि भएको छ । जसमा ११ पुरुष र  १७ महिला छन् । यस्तै ललितपुरका २ पुरुष छन् ।  पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिए ।

प्रवक्ता गौतमले हालसम्म ५ हजार ३२० जना डिस्चार्ज भएको बताउनुभयो । जस अनुासर पछिल्लो २४ घण्टामा ६६४  जना डिस्चार्ज भएका छन्  । पछिल्लो २४ घण्टामा ४ हजार ५३७ जनाको पीसीआर परीक्षण भएसँगै पीसीआर परीक्षणको संख्या २ लाख ३७ हजार ७६४ पुगेको छ । आइसोलेसनमा १० हजार १३७ जना संक्रमित बसिरहेका छन् भने हाल ३८ हजार १३७ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

पछिल्लो २४ घण्टामा ४९ दिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*