हेटौंडाको सामुदायिक विद्यालयहको शैक्षिक गुणस्तरमा उपमहानगरको जोड

जनपत्र
१८ असार २०७७, बिहीबार ०८:३८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा नगरका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्त गर्ने काममा जोड दिएको छ । सामुदायिक विद्यालयले पनि निजी बिद्यालयसंग प्रतिस्पर्धा गर्नका लागि सहयोग पुगोस भन्ने उदेस्यले त्यसका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्युतीय हाजिरी जडान, सिसि क्यामेरा जडान, कम्प्यूटर हस्तान्तरणका साथै हेटौडा१८ स्थित ज्योती माविलाई बस खरिदका लागि ७ लाख अनुदान रकम उपलब्ध गराइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । गत बर्ष देखि नै हेटौडा–१९ मा निर्माण भै रहेको छात्राबास निर्माण कार्यको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको छ । छात्रावास निर्माण भएपछी टाढाबाट बिद्यालय आउने बिद्याथीहरु छात्रावासमा वसेर पढ्नका लागि सहज हुने मेयर महतले वताउनुभयो ।

हेटौंडाका विकट बिद्यालयमा दिवा खाजा

हेटौंडाका पनि विकट क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा गत बर्षमा उपलब्ध गराउदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिंदै यस बर्ष १० वटा विद्यालयमा दिवा खाजा वापतको रकम उपलब्ध गराइएको छ। नगरको दूर्गम क्षेत्रका शिक्षकहरुलाई थप प्रोत्साहन सुविधा र वाल विकास सहयोगी कार्यकर्तालाई प्रोत्साहन सुविधा वापतको रकम विद्यालयको खातामा निकासा गरिसकेको उहाँले वताउनुभयो । त्यसैगरी विद्यालयमा स्वस्च खानेपानीका लागि युरोगार्ड जडान, विज्ञान प्रयोगशाला निर्माण, सूचना प्रविधि सहितको नमूना विद्यालय कार्यक्रमका लागि सम्बन्धित बिद्यालयसंग सम्झौता भई कार्यान्वयन चरणमा रहेको छ ।

बाल विकास देखि कक्षा १२ सम्म अध्यापन गराउने शिक्षक र उत्कृष्ट विद्यालयलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । हेटौंडाका २ वटा नमूना विद्यालय निर्माणका लागि संघीय सरकारबाट ३ करोड रकम प्राप्त भएकोमा चन्द्रोदय मावि, हेटौडा ८ संग सम्झौता भै कार्य अन्तिम चरणमा रहेको छ । आधुनिक मावि, हेटौडा ४ संग सम्झौता प्रकृया अगाडी बढाइसकेको छ ।

सांस्कृतिक संरक्षण तथा प्रबर्धनमा अनुदान

हेटौंडा उपमहानगरपालिकाले जात्रा, पर्व, उत्सब, सांस्कृतिक संरक्षण तथा प्रबर्धनमा अनुदान सहयोग उपलब्ध गराइएको छ । साथै ३ वटा गुम्वा, ९ वटा मन्दिर, २ वटा चर्च, कृयापुत्री घर तथा शवदाह गृह निर्माण सहितको भौतिक पूर्वाधार निर्माण कार्य संचालन गरिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*