भन्सार छलीको सामान पक्रिँदा प्रहरीविरुद्ध नाराजुलुश

जनपत्र
१८ असार २०७७, बिहीबार ०५:५३

भन्सार छली गरेर ल्याइएका सूर्तीजन्य वस्तु विडी प्रहरीले बरामद गरेको छ । शनिवार र आइतवार गरी प्रहरीले दुई स्थानबाट रू। ४ लाख बराबरको विडी बरामद गरेको हो । तर, उक्त सामग्री प्रहरीले बरामद गरेको भन्दै भन्सार छली गर्नेका आफन्तहरूले जिल्ला प्रशासन अगाडि नै मध्यरातमा नाराजुलुश गरेका छन् ।

प्रहरी नायव उपरीक्षक नारायण अधिकारीको नेतृत्वको टोलीले शनिवार दशरथचन्द नगरपालिका–८ नकतडीबाट रू। १ लाख ५० हजार बराबरको विडी बरामद गरेको थियो । यस्तै आइतवार सोही नगरपालिकाको गोठलापानी बजारबाट रू। २ लाख ५० हजार बराबरको विडी बरामद गरेको थियो ।

उक्त सामान बरामद गर्नु प्रहरीको गलत काम भएको आशयसहित एउटा समूहले कार्यालय अगाडि आइतवार राती ११ बजेको समयमा नाराजुलुश गरेको प्रहरी कार्यालयले बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता किसन चन्दका अनुसार नाराजुलुश गर्ने समूहबारे प्रहरीले बुझ्न खोज्दा उनीहरू भागेका छन् । अहिले नाराजुलुश गर्नेहरूमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*