कस्तो रहला आज दिनभरको मौसम ?

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ।
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।