मकवानपुरको इन्द्रसरोवरमा अनुगमन

मार्खुका किसानलाई आज कृषि सामग्री वितरण
मञ्जरी बलामी
१६ असार २०७७, मंगलवार ०९:४४

इन्द्रसरोवर । जिल्ला समन्वय समिति मकवानपुरले उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अनुगमण गरेको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वको टोली गाउँपालिकाको गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक लगायतका विषयमा जानकारी लिनुभएको थियो ।

अनुगमण गर्दै जिसस प्रमुख खुलालले कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको कारण आगामी बजेट कृषि र पर्यटनलाई प्राथमिकता दिदै रोजगार सिर्जना हुने खालको ल्याउन सुझाब दिनुभयो ।

उहाँले स्थानीय तहको योजनाहरु जनमैत्री हुनुपर्ने, सामुदायिक रेडियो सँग सहकार्य गरेर जनतासम्म सूचना प्रवाह गर्नुपर्ने, कर्मचारी कल्याण कोष स्थापना गर्नुपर्ने, ढुंगा गिट्टी बालुवालाई व्यवस्थित उपयोग, लकडाउनको अवधिभरको लागि विद्यार्थीहरुको पठनपाठन व्यवस्थापनका लागि दुरशिक्षा प्रणाली अन्तर्गत स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्ने, वर्षामा आउन सक्ने विपदको लागि सजग रहनुपर्ने लगायतका विविध विषयमा ध्यान दिन सुझाब दिनुभयो ।

अनुगमणका क्रममा सुझाब दिदै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गाउँपालिकाले सञ्चालन गरेको योजनाहरुको अनुगमण परिणाममुखी हुनुपर्ने बताउनुभयो । साथै उहाँले कोरोनाको कारण उत्पन्न विषम परिस्थितिमा गाउँपालिकाले विदेशमा रहेकाहरुको संख्याको विवरण राख्नुपर्ने र होम क्वारेन्टाइनको अवस्थालाई व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

गाउँपालिकाको मुख्य मुख्य कार्य र प्रगतीको बारेमा जानकारी दिदै गाउँपालिकाका अध्यक्ष जीवन लामाले गाउँपालिकाको टिमले नतिजामुखी भएर काम गरिरहेका बताउनुभयो । अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको सहभागिता थियो ।

साथै आजनै उक्त टोलीले इन्द्रसरोवरको सिस्नेरीमा ढुंगा गिट्टी उत्खनन्को अवस्था र इन्द्रसरोवर २ कुलेखानीमा करिब २५ लाखको लागतमा निर्माण हुँदै गरेको गाउँपालिका स्तरिय खेलकुद मैदानको समेत अनुगमण गरेको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नं १ मार्खुका किसानलाई आज कृषि सामग्री वितरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्र चितवनबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको हो ।

इन्द्रसरोवर तरकारी पकेट क्षेत्र सञ्चालक समिति मार्खुको आयोजनामा आज एक औपचारिक कार्यक्रम मार्फ किसानहरुलाई बिउबिजन, जैनिक मल, पाईप, इलेक्टोनिक पम्प, मिनिटिलर, मल्चिङ प्लास्टिक, सिचाइ पाइप, टनेल हाउस र डिजिटल काँटा लगायतका सामाग्रीहरु वितरण गरिएको समितिका कोषाध्यक्ष मणीराज थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले प्राप्त गरेको सामाग्रीको परिणममुखी रुपमा भरपुर प्रयोग गर्न किसानलाई अनुरोध गनुभयो । त्यसमा किसानलाई अन्य आवश्यकता भएमा गाउँपालिकाले सहयोग गर्ने समेत उहाँले बताउनुभयो । इन्द्रसरोवर तरकारी पकेट क्षेत्र सञ्चालक समितिको संयोजक सरिता बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवनलामाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष जमान सिं वाईवाको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खनाल, उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको समेत सहभागिता थियो ।

यस्तै इन्द्रसरोवर गाउँपालिकाको पशुशाखाले पनि इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा सन्चालित पशु स्वास्थ्य ब्यबश्थापनका लागि औषधि र पशु स्वास्थ्य ब्यबस्थापन तथा मत्स्य उपचार सेवा कार्यक्रममा सहभागी ७५ जना पशुपालक कृषकहरुलाइ बाख्राको ४५७ वटा, कुखुराको ११३ वटा, भैंसीको ३७ वटा र ११ वटा गाईको लागि औषधि र सुपर नेपियर जातको जातको घाँसको बीउ वितरण गरेको पशुविकास शाखाका प्रमुख अमृत गोगालीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*