म्याग्दीमा डेंगी संक्रमितको संख्या १७ पुग्यो

जनपत्र
१६ असार २०७७, मंगलवार ०६:३२

म्याग्दीमा थप एक महिलामा डेंगी पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५, छिस्बाङकी ६७ वर्षीया महिलामा डेंगी पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनी उपचारका लागि शनिवार बेनी अस्पताल आएकी थिइन् ।

आइतवार जाँच गर्दा महिलामा डेंगी संक्रमण देखिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको सुवेदीले बताए । उनका अनुसार ती महिलामा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्नेलगायत लक्षण देखा परेको थियो । यससँगै बेनी अस्पतालका अनुसार यो सिजनमा मात्र डेंगी संक्रमितको संख्या १७ पुगेको छ । यस अघिका विरामी निको भएर घर फर्किएका छन् ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ । गर्मी समय र वर्षायाम शुरू भएसँगै डेंगी संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन चिकित्सक तथा स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् । म्याग्दी डेंगीको उच्च जोखिम भएको जिल्ला हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*