एमसीसी अनुदान सधैं उपलब्ध हुँदैन : अमेरिका
मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता पूर्वनिर्धारित मितिमा कार्यान्वयनमा नआउने भएपछि संयुक्त राज्य अमेरिकाले सो सम्झौताअन्तर्गतको अनुदानको उपलब्धता सधैं खुला नहुने बताएको छ ।
सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी अनुदान स्वीकार गर्ने÷नगर्ने नेपालको रोजाइको विषय रहेको तर यसअन्तर्गतको कोषको उपलब्धता सधैं खुला नरहने जानकारी दिएको छ ।
नेपालको संसद्बाट अनुमोदन भई एमसीसी सम्झौताको कार्यान्वयनको थालनी ९इन्ट्री इटु फोर्स० असार १६ बाट हुनुपर्ने थियो । तर, सत्तारूढ नेकपाभित्रै यसलाई लिएर चर्को विवाद रहेकाले सो सम्झौता संसद्बाट अनुमोदन हुन नसक्दा पूर्वनिर्धारित असार १६ बाट यसको थालनी नहुने भएको छ ।अभियानडेलीबाट