मकवानपुरका कृष्ण धितालको परिवार सवार गाडी यसरी भयो दुर्घटना (फोटो फिचर)
हेटौंडा । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार गाडी दुर्घटना निकै त्रासदी पुर्ण रहेको पाइएको छ । अहिले धिताल सहित दुर्घटनामा घाइते भएका चारै जनालाई भरतपुरमा आइसीयुमा राखेर उपचार भइरहेको छ ।
गैसस महासंघ मकवानपुरका अध्यक्ष धिताल सहित चारै जनालाई आइसीयुमा उपचार हुँदै छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका थिए । काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको स्कारपीयो दुर्घटना हुँदा कृष्ण धितालकी श्रीमती प्रभा गौतम (धिताल) को मृत्यु भएको हो । उहाँलाई दुर्घटनापछी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा गौतमको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो । बाटोमा ल्याउँदै गर्दा उहाँको मृत्यु भएको प्रहीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्रकिलो जुगेडी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिएको उहाँले वताउनुभयो । आज सांझ साढे पाँच बजेको समयमा सवारी दुर्घटना भएको हो । काठमाण्डौबाट परिवार सहित हेटौंडा फर्कनेक्रममा पुर्ब पस्चिम राजमार्ग अन्तरगत चितवनको सत्रकिलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा पर्नुभएका कृष्ण धिताल र उहाँकी छोरी सामान्य अवस्थामा चितवन अस्पतालमा उपचार भइरहेको छ भने चालक र धितालका छोरा गम्भिर घाइते रहेको डिआइजी लामाले वताउनुभयो ।
दुर्घटनामा धितालका छोरा अनुज धिताल तथा चालक राजन घिमिरे गम्भिर घाईते भएका छन भने उनको छोरी वर्षा धिताल पनि घाईते भएकि छिन् । उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।