हवाईमार्गबाट ११ हजार ५०० नेपाली स्वदेश फर्किए

सरकारले विदेशबाट फर्किन अनुमति दिएसँगै लकडाउन अवधिमा साढे ११ हजार नेपाली स्वदेश फर्किएका छन् ।
असार १५ गतेसम्म २१ देशबाट ११ हजार ५८५ नेपाली फर्किएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको कारण जोखिम बढेपछि सरकारले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । जेठ २१ गतेदेखि चार्टर्ड उडान मार्फत आफै पैसा तिरेर फर्किन सरकारले अनुमति दिएलगत्तै विभिन्न देशबाट सो संख्यामा नेपालीहरू स्वदेश फर्किएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।