अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

जनपत्र
१६ असार २०७७, मंगलवार ०६:००

६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा मात्रै ४३ हजार ५५८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ८० हजार ६३५ पुगेको छ ।

मंगलबार बिहानसम्म १ लाख २८ हजार ७७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ११ लाख ४ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १४ लाख ४७ हजार ४३९ जनामध्ये १५ हजार ८४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*