जिससबाट मकवानपुरको थाहा नगरपालिकाको अनुगमन

कृषि र पर्यटनमा केन्द्रि भएर रोजगारमुखि कार्यक्रम संचालन गर्न सुझाव
जनपत्र
१५ असार २०७७, सोमबार ०६:५७

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको थाहा नगरपालिकालाई कृषि र पर्यटन क्षेत्रमा केन्द्रित भएर रोजगारमुखि कार्यक्रमहरु संचालन गर्न सुझाव दिएको छ । आईतबार जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा प्रमुख खुलालले कृषि र पर्यटन क्षेत्रको प्रचुर संभावना भएकाले त्यसमै केन्द्रित भएर कार्यक्रमहरु संचालन गर्न सुझाव दिनुभयो ।

अनुगमन टोलीले चालु आर्थिक वर्षमा नगरपालिकाले संचालन गरेका योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी लिनुका साथै विभिन्न विषयमा छलफल समेत भएको थियो । छलफलका क्रममा प्रमुख खुलालले कृषि र पर्यटनबाट थाहा नगरपालिकाले समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । विविधताले भरिएको थाहा नगरपालिकालाई व्यवस्थि तगर्न सके समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले मैत्रीपुर्ण नगर निमार्ण गर्न सामाजिक क्षेत्रका कार्यक्रमहरु समेतमा ध्यान दिन आग्रह गर्दै सुशासनका क्षेत्रमा मैत्रीपुर्ण नगर बनाउन बालमैत्री, महिला मैत्री, अपाङ्ग मैत्री, बृद्धबृद्धा मैत्री नगर निर्माण तर्फ काम गर्न सुझाव दिनुभयो । उहाँले जनताको मन भित्र बस्न सक्ने गर्न तथा जनतालाई सुसुचित गर्ने तर्फ समेत स्थानिय तहहरुले ध्यान दिनुपर्ने बताउनुभयो । जनताले मेरो सरकार भन्ने महसुस गर्न सक्ने गरि काम गर्न सुझाव दिनुभयो ।

छलफलमा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीलगायत विषयगत शाखाका प्रमुखहरुले समग्र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा थाहा नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा केन्द्र सरकारबाट ४१ करोड ८७ लाख र प्रदेश सरकारबाट ५ करोड २८ लाख तथा आन्तरिक आय २१ करोड ४५ लाख बजेट मध्ये चालु तर्फ ३७ करोड ७४ लाख र पुजीँगत तर्फ ४५ करोड ६८ लाख विनियोजन भएको जानकारी दिनुभयो । जस मध्ये चालु तर्फ ७४ प्रतिशत र पुँजीगत तर्फ ६२ प्रतिशत खर्च भएको साथै ४ करोड ३७ लाख बेरुजु मध्य चालु आथिृक वर्षमा ३ करोड १९ लाख फरछ्यौट भएको जानकारी दिईएको छ ।

चालु आर्थिक वर्षमा पुर्वाधार तर्फ वडा स्तरीय ११७ मध्ये ९० वटा सम्पन्न भएको र २७ वटा चालु अवस्थामा रहेको साथै ठुला आयोजना १४ वटा मध्ये ५ वटा सम्पन्न भएको र बाँकी चालु अवस्थामा रहेको जानकारी दिईएको थियो । चालु आर्थिक वर्षमा कोरोनाका कारण केहि आयोजनामा काम प्रभावित भएको भए पनि ८० प्रतिशत भन्दा बढी प्रगती हासिल हुने मेयर लबहेर बिष्टले बताउनुभयो । उहाँले नगरपालिकामा जनतासंग जोडिएर सुशासन कायम गर्ने र जनतालाई नजिकको सरकारको प्रत्याभुति हुने गरि काम गरिरहेको बताउनुभयो ।

अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्यहरु देवराज रिमाल, चित्र बहादुर बलामीलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*