एक किलो सलह समातेर ल्याए २० रुपैयाँ पाइने
प्रदेश ५ सरकारले एक किलो सलह समातेर ल्याए सम्बन्धित वडाले २० रुपैयाँका दरले दिने घोषणा गरेको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले सलह समातेर ल्याउनेलाई सम्बन्धित वडाले किलोको २० रुपैयाँका दरले दिने बताए ।
सलह जम्मा गरेर माछा, कुखुरा र बंगुरको दाना प्रयोग गरिने र नियन्त्रणका लागि यस्तो निर्णय गर्नुपरेको बताइएको छ । रुपन्देहीमा देखिएको सलह पाल्पाका विभिन्न स्थानमा पुगेको छ ।