कस्तो रहला आज दिनभरको मौसम ?

जनपत्र
१४ असार २०७७, आईतवार ०६:०४

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी दक्षिणपश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको वायुको प्रभाव रहेको छ, साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ।

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, सुदुरपश्चिम प्रदेश तथा प्रदेश ५ का एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*