पीसीआर टेष्ट घट्यो, थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१३ असार २०७७, शनिबार १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

पीसीआर टेष्ट घट्यो

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गरेका थिए । तर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको हो ।

मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ ।

हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*