पर्वतमा डिसइन्फेक्शन छर्कने कर्मचारीमा कोरोेना सङ्क्रमण

पर्वत – अस्थायी कोरोना अस्पताल र क्वरेण्टीनमा डिसइन्फेक्शन छर्कने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएपछि शनिबार नै घर पठाइने भएको छ ।
यसअघि दुई चिकित्सकसहित पर्वतका ११ जना कोरोना सङ्क्रमित घर फर्किसकेका छन् । आइसोलेश्नमा उपचार गराइरहेका अन्य ११ जनाको भने दोस्रो पटकको रिपोर्ट पनि कोरोना पोजेटिभ देखिएको कारण उपचारमै रहने डा. देवकोटाले जानकारी दिनुभयो ।