नेपालमा सलह भित्रिएको पुष्टि, प्रजाति पहिचान गर्न विज्ञसहितको टोली छलफलमा

जनपत्र
१३ असार २०७७, शनिबार १४:५२

जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीमा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो । सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकाेले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्ने उहाँको आग्रह छ ।

त्यस्तै कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिकाे बारेमा यकिन गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्छ । लस्कट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ ।

सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन् । अहिले देखिएको किरा ८/१० हजारको झुण्डमा रहेकाे छ ।

बाराकाे कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*