दाङमा दुई समूहबीच ग्याङफाइट, खुकुरी प्रहारबाट ४ जना घाइते

जनपत्र
१३ असार २०७७, शनिबार ०६:३७

दाङमा दुई समूहबीच झडप भएको छ । झडप हुँदा ४ जना घाइते छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भएका हुन् ।

गहतेखोलामा शुक्रबार साँझ ६ बजेतिर दुई समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ शिवबहादुर सिंहले बताए । सामान्य उपचारपछि उनीहरु सोधपुछका लागि प्रहरी कार्यालयमा छन् । झडपको कारण, अर्को समूहमा संलग्नलगायतको बिषयमा अनुसन्धान भइरहेको उनले बताए । केटीको विषयलाई लिएर झडप भएको हुनसक्ने शंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*