मकवानपुरको वकैयाका पुरुषमा कोरोना संक्रमण पुष्टि

जनपत्र
१२ असार २०७७, शुक्रबार १९:२९

हेटौँडा । मकवानपुरका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ११ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर बकैयाको महेन्द्र माविको क्वारेन्टिनमा बसेका १७ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको कोरोना हेटौंडाको कर्राका आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताउनुभयो । उहाँको स्वाब परिक्षणको क्रममा पोजेटिभ देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*