पाल्पामा थपिए ७७ जना कोरोना संक्रमित
बुटवल । पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ ।
शुक्रबार थपिएका संक्रमित मध्ये ७२ जना पुरुष र ५ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनीहरू सबैको अवस्था सामान्य रहेको पन्थीले बताए ।