पशुपतिमा सुरक्षित दर्शनको लागि तयारी

काठमाण्डाै – कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भैरहेको छ ।
गएको चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छन् । असार १ गतेदेखि लकडाउन खुकुलो भएको छ । तर धार्मिक स्थल, शैक्षिक संस्था, सार्वजनिक गाडी खोलिएको छैन ।
सरकारले तोकेअनुसारको दूरी कायम गर्ने, स्वयंसेवक खटाउने, चन्दन निधारमा नलगाइदिने लगायतका व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।