मकवानपुरको बकैयामा चट्याङ लागेर २ जना महिलाको मृत्यु

जनपत्र
११ असार २०७७, बिहीबार ०६:२२

हेटौंडा । मकवानपुरको बकैयामा चट्याङ लागेर गएराती दुइजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । चट्याङ लागेर बुधबार राति दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो ।
राती पानीसंगै परेको चट्याङ लागेर दुइजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बकैया–२ कालापानीका १७ बर्षीया सम्झना घिसिङ र २५ बर्षीया बिना घिसिङ रहेको एसपी राठोरले जानकारी दिनुभयो । चट्याङ लागेर १४ बर्षीय किरण जिम्वा घाइते भएको र उसको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

आफ्नो घरमा बसिरहेको अवस्थामा बर्षासंगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*