कैलालीमा एकैदिन १ सय ५१ जनामा कोरोना, पुष्टि भएका ६ सय २९ जना कहाँका हुन् ?

जनपत्र
१० असार २०७७, बुधबार १७:२२

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा भएका परीक्षणमा कैलालीका एक सय ५१ र कञ्चनपुरका ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीका ४८, रौतहटका ४४, दाङका ७६, धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका २१, अछामका २३, पाल्पाका १५ र सुर्खेतका १४ जनामा कोरोना देखिएको छ ।

झापाका ११, प्युठानका १०, बाँकेका नौ, कास्की र बाग्लुङका नौ/नौ, बाजुराका आठ, स्याङ्जाका सात, नवलपरासी पूर्व र गुल्मीका पाँच/पाँच, तथा लमजुङ र दैलेखका चार/चार जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै  सप्तरीका ६, बैतडीका चार, पर्वत र गोरखाका तीन/तीन तथा धादिङका दुई जनामा सङ्क्रमण देखिएको छ । मोरङ, सुनसरी, काठमाण्डौ, चितवन, तनहुँ, भक्तपुर, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एक/एक जनामा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*