नेपालमा एकैदिन थपिए ६२९ सङ्क्रमित

जनपत्र
१० असार २०७७, बुधबार १७:१५

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बुधबार एक सय १० जना महिला र पाँच सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उहाँका अनुसार बुधबार पीसीआर विधिबाट ६ हजार आठ सय २८ र आरडीटी विधिबाट १२ हजार एक सय १२ जनाको कोरोना परीक्षण गरीएको छ ।

अहिलेसम्म पीसीआर परीक्षणको सङ्ख्या एक लाख ९३ हजार एक सय ९४ पुगेको छ । त्यस्तै आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको काेराेना परीक्षण भएको छ । बुधबार एक सय १४ जना सङ्क्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म दुई हजार तीन सय ३८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

अहिले देशका विभिन्न अस्पतालमा आठ हजार तीन सय ६६ जना उपचाररत रहेका छन् । क्वरेण्टीनमा रहनेकाे सङ्ख्या ७८ हजार ६ सय ३९ रहेकाे छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*