बिकासका काममा तीनै तहका सरकारका बिचमा सहकार्य आवस्यक–मुख्यमन्त्री पौडेल

जनपत्र
१० असार २०७७, बुधबार १३:०४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिकास निर्माणका काममा तीनै तहका सरकारका बिचमा सहकार्य र समन्वय आवस्यक रहेको वताउनुभएको छ । आज हेटौंडा उपमहानगरपालिकाको सातौ नगरसभा बैठकको हेटौंडामा उद्घाटन् गर्दै उहाँले प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा जनतालाई विकासको पूर्वाधारप्रति दीगो लाभ पुग्ने योजना तर्जूमा गर्ने वातावरण तयार गर्न नगरसभाले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

बिकास निर्माणमा सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । उपमहानगरपालिकाले पाएको अवसरलाई कार्यान्वयन चरणमा लैजानुपर्ने उहाँले वताउनुभयो । नीति र कार्यक्रम राम्रा भएपनि यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने वताउनुभयो । हेटौँडा अस्पतालको स्तर उन्नतीको लागि प्रदेश सरकार र उपमहानगरपालिकाको सहकार्य आवश्यक रहको बताउनुभयो ।

पौडेलले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई रोजगारीको लागि बैकल्पिक रुपमा आयआर्जनको कार्यक्रम ल्याउन सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*