बागलुङ नगरपालिका प्रवेश गर्न कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

जनपत्र
१० असार २०७७, बुधबार ०६:१७

बागलुङमा कोरोना संक्रमितको संख्या बढेपछि बागलुङ नगरपालिकाले नगर प्रवेशमा कडाई गरेको छ । नगरपालिकाले सोमवार एक सूचना प्रकाशन गरेर बाहिरी जिल्लाबाट नगरपालिका प्रवेश गर्नेहरूले अनिवार्यरूपमा कोरोना परीक्षण गरिएको रिपोर्ट पेश गर्नुपर्ने बताएको हो ।

संक्रमितहरूको संख्या बढिरहेको अवस्थामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बागलुङ नगरपालिकाभित्र र बागलुङ बजारमा भित्रिनेहरूको संख्या बढ्न सक्ने देखिएकाले कोरोना रिपोर्ट अनिवार्य गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*