ढिकी तथा जाँतो संरक्षणमा बेनी नगरपालिका

जनपत्र
१० असार २०७७, बुधबार ०६:१२

परम्परागत प्रविधि र शीपमा आधारित रहेर बनाइएका पुराना घरेलु साधनहरू गाउँबाट हराउँदै जान थालेपछि संरक्षण गर्न लागिएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाले वडास्तरमा रहेका पुराना हाते शीपका ढिकी तथा जाँतोलगायत घरायसी साधनहरूलाई जोगाउन थालेको हो ।

बढ्दो आधुनिकतासँगै डिजेलको सहयोग तथा विद्युत्बाट चल्ने मील गाउँगाउँमा पुगेपछि घरेलु प्रविधिका साधनहरू लोप हुने अवस्थामा छन् । तर, पछिल्लो समय बेनी नगरपालिका र केही वडामा योजना नै बनाएर ढिकी जाँतोलगायत साधनको संरक्षण तथा सदुपयोग गर्ने अभियान शुरू गरिएको छ । अघिल्लो आर्थिक वर्षको कार्यक्रममा बेनी नगरपालिका–१० पात्लेखेत वडाले ढिकी तथा जाँतो संरक्षणको योजना अगाडि सारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*