कोरोनाले ‘शून्य’मा झरेको पर्यटन कसरी उठ्दैछ ?

जनपत्र
९ असार २०७७, मंगलवार १७:२३

काठमाडौं । ११ चैतमा सरकारले घोषणा गरेको लकडाउनपछि हवाई यातायात बन्द भयो, पर्यटक सवारीका गाडी थन्किए, होटेलका कोठा बन्द भए, टिकेटिङ एजेन्सीमा ताला लागे । त्यसअगाडी नै अन्तराष्ट्रिय पर्यटकको बुकिङ रद्द भइसकेको थियो ।

अन्तर्राष्ट्रिय उडानका टिकट धमाधम रद्द गरिएका थिए । सोहीकारण पर्यटन

पर्यटन व्यवसायी सुमन पाण्डे सम्झन्छन्, ‘सन् २००१ को ट्वीनटावर आक्रमण, नेपालको सशस्त्र द्धन्द्ध र २०७२ सालको भूकम्पपछि पनि नेपालको पर्यटकीय गतिविधि अहिले जसरी ‘शून्य’मा झरेको थिएन ।

यसरी शून्यमा पुगेको पर्यटनलाई अब भने कुनै न कुनै रुपबाट अगाडी बढाउनु पर्छ भन्ने सोचमा सरकार र व्यवसायी पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी भन्छन्, ‘हामीले ठूलो क्षति बेहोरिसकेका छौं, अब सुरक्षाका सबै प्रवन्ध अपनाएर हामी अगाडि बढ्नै पर्छ ।’ त्यसका लागि निजी क्षेत्रलाई साथसाथमै लिएर सरकार अगाडि जाने उनको प्रतिवद्धता छ ।

लकडाउनपछि थलिएको पर्यटन क्षेत्रका अवयवलाई अगाडि बढाउने सन्दर्भमा नेपाल पर्यटन बोर्डले ‘सेफ्टी प्रोटोकल’ नै निर्माण गरेको छ । अब सबै व्यवसायी, ग्राहक तथा सरोकारवालाले सोही प्रोटोकलमा टेकेर गतिविधिहरु संचालन गर्नुपर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मी भन्छन्, ‘अब हामी लामो समय कुरेर मात्र बस्न सक्दैनौं, त्यो महसुस गरेरै अगाडि बढ्ने उपायहरु खोजी गरेका छौं ।’

बन्यो प्रोटोकल

नेपाल पर्यटन बोर्डले पहिलो पटक लकडाउनपछि कोरोना सँगसँगै व्यवसाय संचालनमा ल्याउनु परे अपनाउनुपर्ने उपाय समटेर सुरक्षा निर्देशिका जारी गरेको छ ।

अब पाहुनालाई गत फागुनमा जस्तै सेवा आगामी साउनमा मिल्ने छैन । सेवा प्रदायकले समेत अब साविकमा जस्तै गरी सेवाग्राहीसँग व्यवहार गर्न सक्ने छैन ।

त्यसकारण पर्यटन बोर्डका सीईओ रेग्मी भन्छन्, ‘अब हामी ‘न्यू नर्मल’ तरिकाबाट अगाडी जानुको विकल्प छैन ।

अब कसरी अगाडि बढ्छ पर्यटन ?

होटेल

कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र होटेलले अब आफ्नो कारणले कोरोना भाइरसको संक्रमण धेरै मानिसमा नफैलियोस् भन्नेमा अब सञ्चालक सचेत हुनुपर्नेछ । एक प्रकारकाले लकडाउन खुलेको छ ।

सरकारले पहिलो चरणमा क्वारेन्टिनका रुपमा प्रयोग गर्ने होटेललाई संचालनको अनुमति दिएको छ । सरकारले केन्द्रबाट गर्ने निर्णयसँगै अब स्थानीय प्रशासनसँग समेत होटेल संचालकले सरोकार राख्नुपर्नेछ ।

सार्वजनिक स्वास्थ्यका विषयमा स्थानीय सरकारहरुले दिने निर्देशन पालना गर्नुपर्ने दायित्व व्यवसायीको हुन्छ । अब होटेलमा छिर्दा सबै व्यक्तिको तापक्रम अनिवार्य मापन गर्नु पर्ने भएको छ ।

इतिहासमै पहिलो पटक शून्य गतिविधिमा र्झन पुग्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*