हेटौंडाको भैरवरोड पक्कीको काम सकिदै

जनपत्र
८ असार २०७७, सोमबार ०७:३७

हेटौंडा । हेटौंडा भैरवरोड पक्कीको काम सकिन लाग्दैछ । जिर्ण वनेको भैरबरोडमा पक्की निर्माणको काम अन्तिम चरणमा पुगेको हो । भैरवोडका धेरै भाग स्लाव ढलान गरिएको हो ।

अहिले अन्तिम चरणमा भने हेटौंडाको भैरबरोड अन्तरगत गर्दोइ–चिसापानी क्षेत्रको स्लाब ढलान निर्माणको काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्माण गर्न लागिएको सडकको अन्तिम चरणको कामको शिलान्यास गर्नुभयो । भैरबरोडको धेरै भाग निर्माण भइसकेको र बाँकी सडक निर्माणको अन्तिम चरणमा रहेको मेयर महतले वताउनुभयो ।

अहिले पछील्लो चरणमा भने ७३ लाख रुपैयाँ लागतमा स्लाब ढलानको काम सुरु गरिएको हो । हेटौंडा ४ र ५ को बिचमा पर्ने सडक निर्माणको काम गत वर्ष देखिनै सुरु गरिएको थियो । यो वर्ष यो सडकको ३ सय ६७ मिटर स्लाब ढलानको काम सकिने मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*