चैतयताको शुल्क बुझाउन निजी विद्यालयको उर्दी
काठमाण्डाै – कोरोना भाइरसकाे महामारीकाे कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।
चैतयता एक महिनाको शुल्क छुट दिने तर अरु शुल्क बुझाएर सहयोग गरिदिन अभिभावकलाई आग्रह गरिएको उहाँले बताउनुभयो । अहिले शुल्क नदिए निजी विद्यालय बन्द हुने अवस्थमा पुग्ने प्याब्सन र एनप्याब्सनको भनाइ छ ।
उनीहरुले लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टीभीलगायतका सञ्चारमाध्यमबाट पढाएकोले पनि खर्च भएको दाबी गरेका छन् । आम्दानीको एकमात्र बाटो शुल्क नै रहेको र शुल्क उठाउन नपाउँदा निजी विद्यालय सङ्कटमा रहेको प्याब्सन, एनप्याब्सनले जनाएका छन् ।
सामाजिक दुरी कायम गर्दै विद्यालयमा उपस्थित भएर छोराछोरीको नयाँ/पुरानो अभिलेखीकरण गराउन, २०७६ सालको बाँकी बक्यौता सम्भव भएसम्म भुक्तानी गर्न, २०७७ सालको शुल्क बुझाउन र विद्यालयलाई अधिकतम सहयोग गर्न विज्ञप्तिमा भनिएको छ ।
‘हामीले अहिले नै सबै शुल्क बुझाउनुहोस् भनेका छैनौँ, विद्यालय र अभिभावकको सहमतिमा केही छुट पनि हुन सक्छ तर शुल्क नउठाएसम्म हामी अत्यन्तै सङ्कटमा पर्ने भएकाले यस्तो सूचना निकाल्न बाध्य भएका हौँ’, प्याब्सनका अध्यक्ष टिकाराम पुरीले उज्यालो अनलाइनसँग भन्नुभयो ।