बाढीले निर्माणाधीन सुख्खा बन्दरगाहको तीनवटा गाडी बगायो

जनपत्र
७ असार २०७७, आईतवार ०७:५१

रसुवा – बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाहको तीनवटा गाडी बगाएको छ ।

कामदार बस्ने अस्थायी भवनमा समेत क्षति पुर्‍याएको छ । आज बिहान ३ बजेतिर आएको बाढीले क्षति पुर्‍याउन थालेपछि कामदारको तत्काल उद्धार गरिएको राजस्व भन्सार गस्ती सुरक्षा बलका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताउनुभयो ।

बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*