पर्वतमा थपिएका दुई कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कका ब्यक्ति

जनपत्र
७ असार २०७७, आईतवार ०७:४३

पर्वतमा आइबार बिहान थप भएका दुई जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्ति भएको पुष्टि भएको छ । पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको थियो । थपिएका संक्रमितहरु स्वास्थ्यकर्मी संगको सम्पर्कमा भएका ब्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको थियो । उनीहरु कुस्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

संक्रमित भारतबाट फर्केका होइनन र क्वारेन्टाईनमा समेत छैनन । त्यस मध्ये एक जना सर्वसाधरण र एक जना अस्पतालमा कार्यरत नभएपनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ । उनीहरु स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहेका ब्यक्ति भएको बताइन्छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याँक अधिकृत तथा सिसिएमसी पर्वतका प्रबक्ता प्रबिण भण्डारीले स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको र २ जनामा पोजेटिभ रिजल्ट आएका कारण आइसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*