हेटौंडाको गोरक्षश्वर क्वारेन्टीनमा झुल सहयोग

जनपत्र
६ असार २०७७, शनिबार २०:५८

हेटौंडा । हेटौंडाको गोरक्षश्वरमा सञ्चालनमा आएको क्वारेन्टीनमा केही झुल आज हस्तान्तरण गरिएको छ । गोरक्षश्वरको क्वारेन्टीनमा कोरोनाको संका लागेका पुरुष र महिला थपीदै जाने भएकाले दश थान झुल आज सहयोग गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा र सामाजिक क्षेत्रमा क्रियासील युवा रुपक महतले झुल हस्तान्तरण गर्नु भयो । उपमहानगरपालिकाले स्वास्थ्यकर्मी राखेर गोरक्षश्वरमा क्वारेन्टीन सञ्चालनमा ल्याएको हो । दुइतलामा गरेर २५ जना महिला र पुरुषलाई क्वारेन्टीनमा राख्न सक्ने क्षमता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*